दफा २५
तथ्याङ्कको बिद्युतीय अभिलेख व्यवस्थापन
(१) ऐनको दफा १७ को उपदफा (३) बमोजिम कार्यालयले सरकारी निकाय, सार्वजनिक संस्था, प्रदेश र स्थानीय तहले सङ्कलन गरी विद्युतीय अभिलेखमा राखेको तथ्याङ्कलाई राष्ट्रिय तथ्याङ्क प्रणालीमा आबद्ध गर्न एकीकृत राष्ट्रिय तथ्याङ्क पोर्टल स्थापना गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम स्थापना भएको पोर्टलमा राष्ट्रिय तथ्याङ्क प्रणालीमा आबद्ध भएका सबै सरकारी निकाय, सार्वजनिक संस्था, प्रदेश र स्थानीय तहले आफूले सङ्कलन गरेको तथ्याङ्क प्रविष्टि: गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको पोर्टलमा नियम २३ बमोजिम प्रमाणित गरिएका तथ्याङ्कलाई समेत आबद्व गर्नु पर्नेछ।